अपाङ्ग सेवा संघबारालाई हिमालयन बैंक जीतपुर शाखाको सहयोग

ए वान डेस्क
२७ असार २०८२, शुक्रबार १४:४८
oplus_0

बाराको जीतपुरस्थित हिमालयन बैंक लिमिटेड शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल अपाङ्ग सेवा संघ बारालाई ५ थान सुत्ने बेड सहयोग गरेको छ।

सो सहयोग हस्तान्तरण कार्यक्रम हिमालयन बैंक लिमिटेड, मधेस प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सागर कुमार रेग्मीले व्यवसायबाट आर्जन भएको रकमबाट संस्थालाई सानो सहयोग गर्न पाउँदा आफू खुशी भएको बताउँदै भविष्यमा पनि बैंकको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

त्यस अवसरमा नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा प्रसाद वाग्लेले यस्ता सहयोगहरूले अपाङ्गता भएका भाईबहिनीहरूलाई थप प्रोत्साहन र ऊर्जा मिल्ने बताउँदै हिमालयन बैंक जीतपुर शाखालाई विशेष धन्यवाद व्यक्त गरे।

कार्यक्रममा संघका पदाधिकारी, बैंकका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो। बैंकले यस्ता सामाजिक कार्यहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*