औराहमा मोटरसाइकलको ठक्करबाट ८२ वर्षीय वृद्धको मृत्यु

ए वान डेस्क
१२ श्रावण २०८२, आईतवार १४:३८

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ औराहमा मोटरसाइकलको ठक्करबाट शनिबार राती एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८२ वर्षीय प्रेमनारायण भट्ट रहेका छन् । भट्ट जीतपुरसिमरा वडा नं. ४ की वडासदस्य उर्मिला भट्टका ससुरा हुन् ।

भट्टलाई घर नजिकै प्रदेश २-०३-०१५प १७२६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि वीरगन्ज लगिएको थियो । वीरगन्ज लैजाने क्रममा वृद्धको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

वृद्धलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक रामप्रीत चौधरीलाई प्रहरीले खोजी गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*