निजगढ नगरपालिकाको अनुदान अब सिधै दुग्ध किसानकै खातामा

ए वान डेस्क
१३ श्रावण २०८२, सोमबार १२:२६

सहकारीमार्फत दूध बिक्री गर्ने कृषक सदस्यलाई निजगढ नगरपालिका तर्फबाट प्रदान गरिने अनुदान अब सिधै बैंक खातामा जम्मा हुने भएको छ ।

नगरपालिकाले यसअघि सहकारी संस्थाकाे खातामा अनुदान रकम जम्मा गर्दै आएकोमा महालेखाले प्रश्न उठाएपछि किसानकै खातामा अनुदान दिने व्यवस्था मिलाइएको हाे ।

नयाँ व्यवस्थासँगै निजगढ-६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि.ले अनुदान रकमका लागि सहकारीले कृषक सदस्यलाई साउन १३ देखि १७ गतेसम्म बिहान ७ बजेदेखि ९ बजेसम्म आफूले सेवा लिइरहेको संकलन केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ ।

खाता खोल्नका लागि नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्रको प्रतिलिपि र दुई प्रति फोटो अनिवार्य रूपमा ल्याउनुपर्ने सहकारीले जनाएको छ ।

सहकारीका व्यवस्थापक सौरभ अधिकारीका अनुसार अब अनुदान रकम प्रत्यक्ष किसानकै व्यक्तिगत खातामा जम्मा गरिने भएकाले यस कार्यलाई सहज बनाउन तोकिएको मिति भित्र सम्पर्क गर्न अनुरोध गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*