आन्तरिक प्रतिस्पर्धाबाट सिमरा क्याम्पस प्रमुख छनाैट ! तेस्रो क्याम्पस प्रमुख बने खरेल

ए वान डेस्क
१९ श्रावण २०८२, आईतवार १९:२३

बाराको उत्तरी क्षेत्रको अग्रणी क्याम्पस सिमरा क्याम्पसले नयाँ प्रशासनिक नेतृत्व पाएको छ ।

सिमरा क्याम्पसको तेस्रो क्याम्पस प्रमुखको रुपमा शम्भु खरेललाई नियुक्त गर्ने क्याम्पस व्यवस्थापनले निर्णय गरेकाे छ ।

क्याम्पस प्रमुख राम अधिकारीको कार्यकाल सकिएसँगै नयाँ क्याम्पस प्रमुख नियुक्तिको प्रक्रिया थालेको थियो ।

करिब ६ महिनाअघि सो प्रक्रिया थालनी गरिएको हो । नयाँ प्रमुखकाे जिम्मेवारी लिन क्याम्पसमा कार्यरत ४ जना शिक्षकहरू प्रतिस्पर्धामा थिए ।

चार जना शिक्षकहरूको बीचमा प्रतिस्पर्धा गराएर शनिवार नयाँ प्रमुख नियुक्त गर्ने निर्णय भएकाे क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मधुकर अधिकारीले जानकारी दिए ।

संस्थापक क्याम्पस प्रमुख सुमन कुमार भट्टराईपछि अधिकारीले क्याम्पस प्रमुख नियुक्ति भएका थिए । नवनियुक्त खरेल तेस्रो क्याम्पस प्रमुख हुन् ।

कसरी छानियाे प्रमुख ?

आन्तरिक प्रतिस्पर्धाबाट प्रमुख छनाैंट गरिएको हाे ।
विज्ञ र उपमहानगरका मेयर, उपमेयरसहितकाे उपस्थितिमा प्रतिस्पर्धीहरु बिच कार्ययोजना प्रस्तुतिकरण गराईएकाे थियाे ।

४ वर्षे कार्यकालमा क्याम्पस सञ्चालन गर्ने कार्ययोजना सहितकाे प्रस्तुतिकरणका आधारमा छनाैंट समितिले गत माघमा व्यवस्थापन समितिलाई प्रतिवेदन बुझाएको थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*