प्रथम विभूति स्कूल स्तरीय टेबल टेनिस च्याम्पियनसिप सम्पन्न
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा प्रथम बिभुति स्कुल स्तरीय टेबल टेनिस च्याम्पियनसिप सम्पन्न भएको छ । राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाको आयोजनामा च्याम्पियनसिप सम्पन्न भएको हो ।
च्याम्पियनसिपमा १२ वटा बिद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा सिनियर र जुनियरको महिला र पुरुषतर्फ प्रतिस्पर्धा गरिएको थियो । जस अनुरुप पुरुषको सिनियरमा अक्षरा पाठशालाका शुलभ भण्डारी प्रथम र सिमरा पब्लिक ई स्कुलका प्रिन्स यादव द्धित्तिय भए । यस्तै महिलाको सिनियमा बारा एकेडेमीकी स्मृती श्रेष्ठ प्रथम र अक्षरा पाठशालाकी अमिसा कार्की द्धित्तिय भईन् ।
यसैगरी जुनियरतर्फ पुरुषमा सिमरा पब्लिकका शैलेस कुमार गुप्ता प्रथम र बारा एकताका जिवक श्रेष्ठ द्धित्तिय भए । यस्तै जुनियरर्फ महिलामा पाथिभरा ई बोर्डिङकी श्रृया अर्याल प्रथम र राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाकी परिधि पौडेल द्धित्तिय भईन् ।
एन प्याबसन सिमरा डुमरवानाको बार्षिक कार्यक्रम अनुसार राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदनले च्याम्पियनसिपको आयोजना गरेको हो । यसअघि राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरवानाका अध्यक्ष बिदुर खड्काले बल र ब्याट प्रदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमकाबिच प्रथम र द्धित्तिय भएका बिद्यार्थिहरुलाई बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरुले पुरस्कार प्रदान गर्नुभएको थियो ।
























