जीतपुरसिमराका नवनियुक्त नगर प्रहरीको आधारभूत तालिम सुरु

ए वान डेस्क
१९ श्रावण २०८२, आईतवार २१:३८

जीतपुरसिमरा उपमहानगरपालिकामा हालै नियुक्त नगरप्रहरीहरूको लागि एक महिनाको आधारभूत तालिम आइतबारदेखि सुरु भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर बाराको आयोजनामा तालिम सुरु भएको हो।

उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सशस्त्र प्रहरी गण परिसरमा एक कार्यक्रमकाबीच तालिमको उद्घाटन गरेका हुन्। कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शान्ति राज प्रसाईं, सशस्त्र प्रहरी गण नं. १२ का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसी, उपमहानगरका प्रशासकीय अधिकृत बालाराम खड्का, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, मेयरका स्वकीय सचिव रामकृष्ण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

तालिममा नगरप्रहरी सहायक निरीक्षक विज्ञानकुमार लामा, सहायक निरीक्षक सुरक्षा विश्वकर्मा, १२ जना नगरप्रहरी जवान पाँच जना अग्नि नियन्त्रक, एक जना नगर प्रहरी सवारी चालक गरी कुल २० जना सहभागी छन् । नगरप्रहरीहरूको कार्यदक्षता र अनुशासन अभिवृद्धि गर्नुका साथै नगर क्षेत्रमा शान्ति, सुरक्षा र सेवाप्रवाहलाई प्रभावकारी बनाउन तालिम दिन लागिएको हो ।

तालिममा प्रमुख प्रशिक्षकका रूपमा सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह धामीसहित सात जना प्रशिक्षकले प्रशिक्षण दिनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*