जीतपुरसिमरा २ मा शिव महापुराण ज्ञान महायज्ञ शुरु, प्रदेशसभा सदस्य चौधरीले गरे उद्घाटन

ए वान डेस्क
२१ श्रावण २०८२, मंगलवार १७:२५

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा सोमबाट शिव महापुराण ज्ञान महायज्ञ शुरु भएको छ । पञ्चेश्वर शिवालय मन्दिर पजा व्यवस्थापन समितिको आयोजनामा नरबस्तीस्थित पञ्चेश्वर मन्दिर परिषरमा महायज्ञ शुरु भएको हो ।

महायज्ञको एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य देव नारायण चौधरीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य चौधरीले मन्दिर निर्माणको निम्ति आफुले सकेको सहयोग गर्ने बताउनुभयो ।

यसबर्ष वडा नम्बर २ भित्रका बिभिन्न मन्दिरमा बजेट बिनियोजन गरिएको भन्दै उहाले आगामी बर्ष पञ्चेश्वर शिवालयमा बजेट बिनियोजन गरिने प्रतिवद्धता जनाउनुभयो । उहाले धार्मिक कार्यमा सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल श्रेष्ठ, एमाले मधेश प्रदेश कमिटिका सचिव मनोज पौडेल लगायतले महायज्ञ सफल्ताको शुभकामना व्यक्त गर्नुभएको थियो । महायज्ञ मूल समितिका अध्यक्ष तथा मुख्य कथा वाचक पण्डित नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा एमाले नगर कमिटि अध्यक्ष त्रिलोक बिक्रम साह, नेकपा माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष प्रेम बराल, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नगर सचिव अमृत बस्याल, पुर्व कार्यपालिका सदस्य शोभा कार्की, रबिन्द्र खकुरेल, रामकुमार अर्याल, कृष्ण पाठक लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोजक समितिकी बिमला सुवेदीले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रदिप गौतमले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*