अजय र बर्षाको थारु गित प्यारी बहिनि युट्युबमा (भिडियोसहित)

ए वान डेस्क
२१ श्रावण २०८२, मंगलवार २१:१७

रक्षा बन्धनको अवसरमा थारु रक्षाबन्धनको गित सार्वजनिक गरिएको छ । बाराली प्रोडक्टसनले निर्माण गरेको म्युजिक भिडियो चर्चित मोडल अजय कुमार चौधरी र बर्षा चौधरीले अभिनय गरेका छन् ।

गायक सरगम चौधरी र गायिका मौसम चौधरीको स्वरमा तयार गरिएको गितमा दुई चर्चित मोडलले अभिनय गरेका हुन । गायक सगरम चौधरीकै शब्द संगितमा तयार भएको गितलाई गणेश चौधरीले एरेन्ज गरेका छन् ।

भिडियोमा रामप्रित चौधरी र करिस्मा चौधरीले पनि अभियन गरेका छन् । म्युजिक भिडियोको निर्देशन सावनले गरेका छन् ।

सावन मौफसलका चर्चित निर्देशक पनि हुन् । राज गुप्ताको सम्पादन र छायांकनमा तयार भएको भिडियोको पोष्ट प्रोडकसन रिल्स स्टेसनले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*