सपना बैंकिङ करियरको : एसआईटि सिमराको नयाँ यात्रा

ए वान डेस्क
२७ श्रावण २०८२, सोमबार १७:०६

जितपुरसिमरा उपमहानगरपालिकाभित्र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै एसआईटि सिमराले बैंकिङ करियर विकास कार्यक्रमको औपचारिक सुरुवात गरेको छ।

एक कार्यक्रमका बिच जितपुरसिमरामा कार्यरत विभिन्न बैंकका प्रमुख व्यक्तित्वहरूलाई आतिथ्य स्वरूप आमन्त्रण गरिँदै, विद्यार्थीहरूलाई बैंकिङ क्षेत्रको भविष्य, सम्भावना र तयारीबारे विस्तृत जानकारी तथा प्रेरणा प्रदान गरिएको थियो।

कार्यक्रममा बैंक प्रतिनिधिहरूले बैंकिङ क्षेत्रमा सफलता हासिल गर्न आवश्यक पर्ने अध्ययनका मुख्य बुँदाहरू, आवश्यक सीप विकास, परीक्षाको तयारी र व्यावसायिक व्यवहारजस्ता विषयमा अनुभव साटासाट गर्दै विद्यार्थीहरूलाई उत्प्रेरित गरे।

अब बैंकिङ तयारीका लागि टाढा सहर जानु नपर्ने विश्वासका साथ एसआईटि सिमराले सरकारी, अर्ध-सरकारी तथा निजी बैंकहरूमा करियर बनाउन चाहने युवाहरूलाई लक्षित गर्दै विभिन्न तहका तयारी कक्षाहरू यही साउन २२ गतेदेखि सुरु गर्ने जानकारी संस्थाका सञ्चालक द्वारिका राज पौडेलज्यूले दिनुभयो।

उहाँले जानकारी दिनुहुँदै भन्नुभयो, “विद्यार्थीहरूले ७ दिनसम्म निःशुल्क कक्षामा भाग लिएर आफू अनुकूल मूल्यांकन गरी मात्र भर्ना प्रक्रिया अगाडि बढाउन सक्नेछन्।”

उक्त तयारी कक्षाहरू बिहान र साँझ दुवै सत्रमा सञ्चालन गरिनेछन्, जसले विद्यार्थीहरूलाई समयअनुसार अध्ययन गर्ने लचिलो वातावरण प्रदान गर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*