उपचारका क्रममा वीरगन्ज कारागारका कैदीको मृत्यु

ए वान डेस्क
२८ श्रावण २०८२, मंगलवार १४:००

वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा मंगलबार एकजना कैदीको मृत्यु भएको छ ।
वीरगन्ज महानगरपालिका-२५ को घर भएका कैदी राहुल साहको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रमुख गौतम मिश्रले जानकारी दिएका हुन् ।

मिश्रका अनुसार बिहान वीरगन्ज कारागारमा व्यायाम गरिरहेका बेला साहको स्वास्थ्य समस्या आएको थियो । उनलाई तत्कालै अस्पतालमा लगियो, तर त्यहाँ उनको मृत्यु भयो ।

मृतक साह ३ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा जेल सजाय काट्दै आएका थिए । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट २५ वर्षको सजायको फैसला रहेको पर्सा प्रहरीले जनाएको छ ।

यता उपचारका क्रममा साहको मृत्यु भएपछि आफन्तहरूले अस्पताल प्रशासन, जेल प्रशासन र चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै नारायणी अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् ।

परिवारका अनुसार अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्यत्र लैजान सिफारिस गरेको थियो । तर, कैदीलाई अन्य अस्पतालमा लैजान जेल प्रशासनले अनुमति नदिँदा मृत्यु भएको भन्दै मृतकका आफन्तहरूको आरोप छ।

घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न उनीहरूको माग छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*