खाल्डोमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु
पर्साको ठोरी गाउँपालिकामा खाल्डोमा डुबेर एकै परिवारका दुई बालकको ज्यान गएको छ ।
गाउँपालिकाको वडा नम्बर– २ हनुमान नगरस्थित डेढु खोलास्थित खाल्डोमा डुबेर मनोज कठायतका छोरा ८ वर्षीय अंश र ४ वर्षीय आयंशको मङ्गलवार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डीएसपी) किशोर लम्सालका अनुसार आज बिहान विद्यालय जानुअघि दुवै दाजुभाइ घर नजिकै रहेको डेढु खोलामा नुहाउन गएका थिए ।
खोलामा डोजरले खनेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
























