राजविराजमा पत्रकारमाथि आक्रमण

ए वान डेस्क
३१ श्रावण २०८२, शुक्रबार १४:३४

सप्तरीको राजविराजमा शुक्रबार बिहान नयाँ पत्रिका दैनिकका संवाददाता सौरभ यादवमाथि तीन जनाको समूहले आक्रमण गरेको छ । गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिण गेट अगाडि चक्कु, बेल्ट र हेलमेट प्रयोग गरी उनीमाथि प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

आक्रमणबाट टाउको र शरीरमा चोट लागेका यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसी जितेन्द्र बस्नेतका अनुसार घटनामा संलग्नमध्ये एक जनाको पहिचान भइसकेको छ र अन्यको खोजी जारी छ।

बस्नेतले दोषीलाई कानुनअनुसार कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*