सेन्ट्रल ग्रुप हस्पिटालिटी क्षेत्रमा प्रवेश : एसवन होम्ससंग सम्झौता
शैक्षिक क्षेत्रमा लामो समयदेखि अग्रणी मानिने सेन्ट्रल ग्रुपले अब हस्पिटालिटी क्षेत्रमा समेत कदम बढाएको छ। ग्रुपले चितवनको पर्यटकीय गन्तव्य सौराहामा १० तले अत्याधुनिक रिसोर्ट निर्माण गर्ने तयारी थालेको हो।
यसका लागि आइतबार सेन्ट्रल ग्रुप र एसवन होम्सबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा सेन्ट्रल ग्रुपका अध्यक्ष यज्ञ विलास वाइबी पौडेल र एसवन होम्सका निर्देशक सुरज न्यौपानेले हस्ताक्षर गरेका छन् ।
पत्रकार सम्मेलनमार्फत अध्यक्ष पौडेलले रत्ननगर–१, सौराहा चोकदेखि सौराहा जाने सडकखण्डमा सो रिसोर्ट निर्माण हुने जानकारी गराएका हुन् ।
उनका अनुसार, करिब २५ करोड रुपैयाँ लागतमा निर्माण हुने यो रिसोर्ट तीन वर्षभित्र सम्पन्न हुनेछ।
वन्यजन्तु, संस्कृति र साहसिक अनुभवका लागि चिनिने सौराहा अब छिट्टै नयाँ आकर्षणले झन् जीवन्त बन्ने भएको छ। सौराहाको पर्यटन व्यवसायलाई नयाँ उचाइ दिने अपेक्षासहित सेन्ट्रल ग्रुपले हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको हो ।
























