भदौ ६ गतेदेखि ब्रहमाकुमारी राजयोग सेवा केन्द्रले बृहत रक्तदान कार्यक्रम गर्ने (भिडियोसहित)
ए वान डेस्क /
ब्रहमाकुमारी राजयोग सेवा केन्द्र नेपाल सेवा प्रभाग नेपालले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । राजयोगिनी दादी प्रकाशमणिज्युको १८औ पुण्य स्मृति तथा विश्व भातृत्व दिवसको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र नेपालले भदौ ६ गतेदेखि ९ गतेसम्म बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।
रक्तदान कार्यक्रमबारे जानकारी गराउन आज ब्रहमकुमारी राजयोग सेवा केन्द्र सिमराले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । बिश्व एकता तथा विश्वासको लागि राजयोग भन्ने नाराका साथ बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको ब्रहमकुमारी राजयोग सेवा केन्द्र सिमराले जनाएको छ ।
रक्तदान कार्यक्रम भदौ ६ गते सिमरा र बहिरयारपुरमा हुनेछ भने ७ गते बिरगञ्ज, कलैया, कोल्हवीमा हुनेछ । सिमरामा ब्रहमकुमारी राजयोग सेवा केन्द्र सिमराले रक्तदान कार्यक्रमको सहजिकरण गर्नेछ ।
भिडियो : https://www.facebook.com/61570450086637/videos/701441116253869
























