नारायणी स्टील्समा करेन्ट लागेर एक मजदुरको मृत्यु

ए वान डेस्क
४ भाद्र २०८२, बुधबार १३:२६

वीरगन्ज महानगरपालिका ३२ चोर्नीस्थित नारायणी स्टील्स् उद्योगमा मंगलबार राति करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका १४ बेहरीका २५ वर्षीय उपेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार चौधरीलाई उद्योगभित्र वेल्डिङको काम गरिरहेका बेला करेन्ट लागेको हो ।

करेन्ट लागेर ढलेको अवस्थामा अन्य मजदुरले देखेपछि चौधरीलाई राति करिब २:३० बजे अस्पताल पुर्याइएको थियो । अस्पताल लगिएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकका परिवारले भने समयमै उपचार नपाउँदा ज्यान गएको गुनासो गरेका छन् ।

चौधरी करेन्ट लागेर ढलिसकेपछि पनि उद्योग प्रशासन लामो समय बेखबर बसेको र अस्पताल पठाउन ढिलाइ गरेकाले ज्यान गएको उनिहरुको भनाइ छ

घटनापछि चौधरीको शव वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*