एन प्याबसन सिमरा डुमरवानाको तिज नृत्य प्रतियोगिता : एसपिईस सिमरा प्रथम, बारा एकता दोश्रो

ए वान डेस्क
८ भाद्र २०८२, आईतवार १४:०९

एन प्याबसन सिमरा डुमरवानाको तिज बिशेष नृत्य प्रतियोतिगा सम्पन्न भएको छ । स्नो एपेक्स बोर्डिङको प्रायोजनमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ फत्तेपुरमा कार्यक्रम सम्पन्न भएको हो ।

बार्षिक कार्यक्रम अन्र्तगत स्नो एपेक्सले दोश्रो तिज बिशेष नृत्य प्रतियोगिता आफ्नो बिद्यालय परिषरमा अयोजना गरेको हो । कार्यक्रमको मधेश प्रदेशका प्रदेशसभा सदस्य देव नारायण चौधरीले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा हब अन्र्तगतका १२ वटा बिद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा सिमरा पब्लिक ईङलिस बोर्डिङ स्कुल प्रथम भएको छ ।

यसैगरी बारा एकता दोश्रो, एक्स सर्भिसमेन चिल्डे«न एकेडेमी तेश्रो र पाथिभरा ईङलिस बोर्डिङ स्कुल चौथो भएको छ । प्रतियोगितामा प्रथम, द्धित्तिय र तृत्तिय भएका बिद्यायहरुलाई प्रदेशसभा सदस्य चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उप प्रमुख भोला प्रसाद अधिकारी, वडा नम्बर १२ का वडा अध्यक्ष श्यामबाबु खाः थारु, वडा नम्बर १३ का वडा अध्यक्ष हेम नारायण चौधरी लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*