नेपोभिट टायल्स बन्यो जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको मुख्य प्रायोजक

ए वान डेस्क
११ भाद्र २०८२, बुधबार १९:०८

नेपोभिट टायल्स उत्पादन गर्दै आएको नेपाल सेरामिक इन्डस्ट्रीले जीतपुरसिमरा अन्र्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८२ को मुख्य प्रायोजन गर्ने भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा भदौ २१ गतेदेखि सिमरा रंगशालामा प्रतियोगिता शुरु हुदैछ ।

भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई नेपाल सेरामिक र्ईन्डस्ट्रीजले मुख्य प्रायोजन गर्न लागेको हो । आज र्ईन्डस्ट्रीजका सञ्चालक शम्भुनाथ झा र आयोजक क्लबका अध्यक्ष राजकपुर राउत विजयले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

जीतपुरसिमरा नेपोभिट अन्र्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता नाम रहने गरी आयोजना गरिने प्रतियोगिता रात्री समयमा हुनेछ । साझ ६ बजेपछि फ्लड लाईटमा आयोजना हुने प्रतियोगिताको तयारी अहिले धमाधम भईरहेको छ । आफ्नै माटो, आफ्नै शान भन्ने नाराका साथ सो उद्योगले आफ्नो उत्पादन देशभर बिक्रि वितरण गर्दै आएको छ ।

सो कम्पनी गुणस्तरीय निर्माण, ग्राहक सन्तुष्टि र स्थानीय उत्पादनको प्रवर्द्धनमा केन्द्रित रहँदै छोटो समयमा नै टाइल्स उद्योगमा विशिष्ट स्थान बनाउन सफल पनि भएको छ। उद्योगले विभिन्न आर्थिक, प्राविधिक र बजार चुनौतीहरू सामना गर्दै निरन्तर सुधार र सेवा विस्तारमार्फत आफ्नो ब्रान्ड पहिचान र बजारमा वर्चस्व कायम राखेको छ।

नेपालकै पहिलो टाइल्स कम्पनीका रूपमा आफुलाई स्थापित गराउन सफल यस कम्पनीका लागि ऐतिहासिक उपलब्धि मानिएको छ। आगामी दिनमा अझ उच्च बिक्री लक्ष्य निर्धारण गर्दै बिक्री र सेवा क्षेत्रको थप विस्तार गर्ने योजनासमेत कम्पनीले अघि सारेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*