अपांगता भएका बालबालिकाका लागि आवासीय विद्यालय भवन हस्तान्तरण

ए वान डेस्क
१८ भाद्र २०८२, बुधबार १३:४८
oplus_0

चाइल्ड रेस्क्यु नेपालको आर्थिक सहयोग तथा श्री साथी नेपालको समन्वयमा श्री ने.रा.मा.वि.सिमरामार्फत नेपाल अपांग सेवा संघ बारालाई अपांगता भएका बहिरा, सुस्त श्रवण तथा बौद्धिक बालबालिकाका लागि निर्मित आवासीय विद्यालय भवन हस्तान्तरण गरिएको छ।

३५ लाख लागतमा निर्माण गरिएको आवासीय विद्यालय भवन एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो।

सोमबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले अपांगता भएका व्यक्तिहरू समाजलाई विश्लेषण गर्न सक्ने र सक्षम व्यक्तिसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतामा अब स्थापित भइसकेको उल्लेख गरे।

त्यसैगरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले स्थानीय पूर्वाधार र विद्यालयको स्तरवृद्धिका लागि आगामी दिनमा सहकार्य गर्न उपमहानगरपालिका तत्पर रहेको बताए ।

नगर उपप्रमुख भोला प्रसाद अधिकारीले अपांगता भएका बालबालिकालाई समाजको मूलधारमा ल्याउन संस्थाले गरेको प्रयास सराहनीय रहेको उल्लेख गर्दै आवश्यक भौतिक सामग्री सहयोगमा समेत साथ रहने अपेक्षा व्यक्त गरे।

चाइल्ड रेस्क्यु नेपालका कन्ट्री डाइरेक्टर भास्कर कार्कीले स्थानीय सरकारसँग सहकार्य गर्दै आगामी दिनमा थप कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

श्री साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले चार कोठे भवन निर्माण सम्पन्न गरी नेपाल अपांग सेवा संघ बारालाई हस्तान्तरण गरिएको जानकारी दिइन्।

संघका अध्यक्ष गंगा प्रसाद वाग्लेले भवनले अपांगता भएका बालबालिकाको शिक्षामा पहुँच सहज बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता नेपाल अपांग सेवा संघ बाराका अध्यक्ष गंगा प्रसाद वाग्ले र श्री साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ की वडाध्यक्ष चयन गुरुङ, श्री ने.रा.मा.वि. सिमराका प्रधानाध्यापक शंकर आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विकास श्रेष्ठ ‘मिलन’ले गरेका थिए भने रेखा श्रेष्ठले दोभाषे सहयोग गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*