जितपुरसिमरामा राष्ट्रिय परिचयपत्र सेवा अस्थायी रूपमा बन्द

जितपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको राष्ट्रिय परिचयपत्र सेवासहितका सेवाहरू हाललाई स्थगित गरिएको छ।
उपमहानगरपालिकाले सूचना सार्वजनिक गर्दै भदौ २२, २३ र २४ गते Gen-Z समूहले गरेको प्रदर्शनका क्रममा भएको आगलागी र तोडफोडका कारण आवश्यक सामग्री तथा उपकरण लुटपाटमा परेका छन् ।
सोही कारण सेवा सञ्चालनमा समस्या आएपछि हाललाई सम्पूर्ण सेवा स्थगित गर्नुपरेको जानकारि दिएको छ ।
उपमहानगरपालिकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग आवश्यक समन्वय गरी आवश्यक सामग्री उपलब्ध हुनेबित्तिकै सेवा पुनः सुचारु गरिने जनाएको छ।
साथै, सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै थप जानकारी क्रमशः सार्वजनिक गरिने उपमहानगरपालिकाले जनाएको छ