सिमरा महिला सहकारीको १८औँ साधारण सभा सम्पन्न, उत्कृष्ट सदस्य र विद्यार्थी सम्मानित

सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको १८औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष सतेन्द्र प्रसाद ठाकुरले पानसमा दीप प्रज्वलन गरी सभाको उद्घाटन गरेका थिय ।
उनले सहकारी प्राधिकरण र नेपाल राष्ट्र बैंकले जारी गरेका अध्यादेश तथा मापदण्डको परिधिभित्र रही संस्थाले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
संस्थाले हालसम्म १४ करोड ६८ लाख ५४ हजार ४ सय ८६ रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ४४ लाख ६५ हजार ८ सय ५९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कार्यक्रममा सस्थाकी अध्यक्ष मुना खरेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सनम पौडेलले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक उर्मिला सापकोटाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोवारकर्ता, उत्कृष्ट समूह, जेष्ठ सदस्य र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । यसैगरी कक्षा १२ को परीक्षामा जीतपुरसिमरा उपमहानगरपालिकाका सामुदायिक विद्यालयबाट उत्कृष्ट जीपीए ल्याउने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका छात्रा आकृति पुलामी र छात्र मनिष पाठकलाई विशेष सम्मान गरिएको थियो ।
मुना खरेलको अध्यक्षता रहेको सभामा उपाध्यक्ष भिमादेवी शर्माको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव गीता शर्माले गरेकि थिईन् ।