सेंट जोन विद्यालयमा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सेंट जोन विद्यालयमा N-PABSAN अन्तर्गत अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
‘नेपालको सांस्कृतिक सौन्दर्य’ विषयमा आयोजित उक्त प्रतियोगितामा एन प्याब्सन अन्तर्गतका विद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
प्रतियोगितामा अक्षरा पाठशालाका सुमिना तिमल्सिना र रसेश थापाले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेका छन्।
त्यसैगरी, पाथिभरा इङ्लिस बोर्डिङ स्कूलका मन्जु खड्का र अविषा श्रेष्ठले द्वितीय स्थान र लोटस एकेडेमीका प्रज्ञा पन्त र रोबिनो रोन गुरुङले तृतीय स्थान प्राप्त गरेका छन्।
कार्यक्रमका मुख्य अतिथि रामप्रसाद अधिकारी रहेका थिए भने मुख्य निर्णायक युबराज सापकोटा रहेका थिए।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा सिर्जनशीलता विकास गर्दै देशको सांस्कृतिक सम्पदाप्रतिको रुचि र सम्मान बढाउनु रहेको विद्यालयले जनाएको छ।