चौथो रतनपुरी गोल्डकप २०८२ शुरु, पुरानो निजगढको विजयी शुरुवात

ए वान डेस्क /
बाराको निजगढ नगरपालिका वडा नम्बर ११ मा चौथो रतनपुरी गोल्डकप २०८२ आजदेखि शुरु भएको छ । रतनपुर युनाईटेड क्लबको आयोजनामा वडा नम्बर ११ स्थित नेपाल राष्ट्रि«य माद्ययमिक बिद्यालयको खेल मैदानमा प्रतियोतिगा शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर १ क का प्रदेशसभा सदस्य त्रिलोकी चौधरीले उद्घाटन गर्नुभएको थियो । प्रतियोतिगाको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य चौधरीले खेल क्षेत्रको विकास गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । खेल क्षेत्रमार्फत समाज रुपान्तण गर्न सकिने भन्दै उहाले प्रतियोगिताको सफल्ताको कामना गर्नुभयो । कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सहईया गुरो थारु, १२ का वडा अध्यक्ष ज्ञान बहादुर गोले, सागर दाहाल, मंगलबहादुर रुम्बा, संकर रुम्बा, सुरेश राम गुरो, धन बहादुर ग्यावा, मान बहादुर ग्यावा, बाबु वल, दिल बहादुर लामा, अस्थायी प्रहरी बिट रतनपुरका प्रमुख लगायतको उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष संतोष कुमार दनवारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उमेश गुरो र रविना कुमारी चौधरीले गर्नुभएको थियो । कार्यक्रममा शैलेश कुमार धामिले स्वागत मन्तब्य राख्नुभएको थियो । प्रतियोगितामा बृन्दबाशिनि बोर्र्डिंंग ईं स्कुलका बिद्यार्थिहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रकाबिच वडा नम्बर ११ का वडा अध्यक्ष सहईया गुरो थारुले ४ थान बल हस्तान्तरण गर्नुभएको थियो ।
उद्घाटन खेलमा पुरानो निजगढ विजयी
प्रतियोगिता अन्र्तगत आज भएको उद्घाटन खेलमा पुरानो निजगढ विजयी भएको छ । निजगढ १२ लाई टाईब्रेकरमा पराजित गर्दै पुरानो निजगढले विजयी शुरुवात गरेको हो । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । प्रतियोगिताको म्यान अफ द म्याच गोलरक्षक प्रशान्त कुमार घोषित भए । उनलाई युवा व्यवसायी एवं समाजसेवी धन बहादुर गेवाले प्रदान गर्नुभएको थियो ।
१२ टिमको सहभागिता
कार्तिक १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले १ लाख रुपैया र उप बिजेता टिमले ५० हजार रुपैया प्राप्त गर्नेछ । प्रतियोगितामा प्रत्यक दिनको म्यान अफ द म्याचसहित बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष संतोष कुमार दनवारले जानकारी दिनुभयो ।