रौतहटले उचाल्यो महागढिमाई मेयर कप २०८२ को उपाधी

ए वान डेस्क
१ कार्तिक २०८२, शुक्रबार २१:४४

रौतहट क्रिकेट क्लबले महागढिमाई मेयर कप २०८२ को उपाधी उचालको छ । आज भएका फाईनल खेलमा युनाईटेड क्रिकेट क्लब बिरगञ्जलाई पराजित गर्दै रौतहटले उपाधी उचालेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा रौतहट २४ रनले विजयी भएको हो । उपाधीसंगै रौतहटले २ लाख रुपैया प्राप्त गरेको छ भने युसिसिले ७५ हजार रुपैयामा चित्त बुझाएको छ ।

टस जितेर ब्याटिङ रोजेको रौतहटले १३५ रनको लक्ष्य प्रदान गरेको थियो । जवाफी ब्याटिङ गरेको युसिसि ११० रनमै अल आउट भएको थियो । बिजेता टिमलाई महागढिमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले ट्रफी र चेक हस्तान्तरण गर्नुभएको थियो ।

मानवताका लागी सहयोगी हातहरुको आयोजनामा असोज २६ गतेदेखि शुरु भएको प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सुरज यादवको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताका संयोजक राहुल यादवले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*