चौथो रतनपुरी गोल्डकप २०८२ : आज दुई खेल हुने

ए वान डेस्क
२ कार्तिक २०८२, शनिबार ०९:०५

बाराको निजगढ नगरपालिका वडा नम्बर ११ मा जारी चौथो रतनपुरी गोल्डकप २०८२ मा आज दुई खेल हुदैछ ।

रतनपुर युनाईटेड क्लबको आयोजनामा वडा नम्बर ११ स्थित नेपाल राष्ट्रि«य माद्ययमिक बिद्यालयको खेल मैदानमा हिजादेखि प्रतियोतिगा शुरु भएको थियो । प्रतियोगिता अन्र्तगत आज पहिलो खेल रतनपुर युनाईटेड युथ क्लब निजगढ र न्यु हिमाल युवा क्लब निजगढको बिचमा हुने छ ।

खेल दिउसो १ बजेदेखि शुरु हुने आयोजक क्लबका अध्यक्ष संतोष कुमार दनवारले जानकारी दिनुभयो । यसैगरी दोश्रो खेल लालिगुरास सास्कृतिक युवा क्लब सर्लाही र योङ स्टार युनाईटेड क्लब निजगढको बिचमा हुने छ ।

खेल दिउसो ३ बजेदेखि शुरु हुनेछ । प्रतियोगिताको एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर १ क का प्रदेशसभा सदस्य त्रिलोकी चौधरीले उद्घाटन गर्नुभएको थियो । कार्तिक १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेता टिमले १ लाख रुपैया र उप बिजेता टिमले ५० हजार रुपैया प्राप्त गर्नेछ । प्रतियोगितामा प्रत्यक दिनको म्यान अफ द म्याचसहित बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक सचिव अजय कुमार गुरोले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*