चौथो रतनपुरी गोल्डकप : न्यु हिमाल युवा क्लब र योंग स्टार निजगढको विजयी शुरुवात

ए वान डेस्क /
बाराको निजगढ नगरपालिका वडा नम्बर ११ मा जारी चौथो रतनपुरी गोल्डकप २०८२ मा न्यु हिमाल युवा क्लब र योंग स्टार युनाईटेड क्लब निजगढले विजयी शुरुवात गरेको छ । प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा रतनपुर युनाईटेड क्लब बिलाई न्यु हिमाल युवा क्लबले टाईबे्रकेरमा पराजित गरेको थियो ।
निर्धारित समयमा दुवै टिमले १ १ को बराबरी खेलेपछि खेल टाईब्रकेरमा धकेलिएको थियो । प्रतियोगिता अन्र्तगत न्यु हिमाल युवा क्लबका गोलरक्षक राज गुरु¬ म्यान अफ द म्याच घोषित भए । उनलाई वडा नम्बर ११ का वडा अध्यक्ष सहईया गुरो थारुले म्यान अफ द म्याचको म्यान अफ द म्याचको ट्र«फ्री प्रदान गर्नुभएको थियो ।
यस्तै आजै भएको दोश्रो खेलमा योंग स्टार युनाईटेड क्लब निजगढ विजयी भएको छ । ओम युवा क्लब सर्लाहीलाई ५ १ ले पराजित गर्दै योंग स्टारले विजयी शुरुवात गरेको थियो ।
प्रतियोगिता अन्र्तगत योंग स्टारका रिजन गौतम म्यान अफ द म्याच घोषित भए । उनलाई रतनपुरी स्वास्थ्य चौकीका प्रमुख दिनेश परियार र ग्याबा फ्रेम हाउसकी सञ्चालिका गौरि तामां¬ले संयुक्त रुपमा म्यान अफ द म्याचको ट्र«फ्री प्रदान गर्नुभएको थियो ।
कार्तिक १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले १ लाख रुपैया र उप बिजेता टिमले ५० हजार रुपैया प्राप्त गर्नेछ । प्रतियोगितामा प्रत्यक दिनको म्यान अफ द म्याचसहित बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष संतोष कुमार दनवारले जानकारी दिनुभयो ।