चौथो रतनपुरी गोल्डकप : न्यु हिमाल सेमिफाईनलमा, आज योङ्ग स्टार र पर्सा राईडर भिड्ने

ए वान डेस्क
बाराको निजगढ नगरपालिका वडा नम्बर ११ मा जारी चौथो रतनपुरी गोल्डकप २०८२ मा आज तेश्रो क्वाटरफाईनल खेल हुदैछ । रतनपुर युनाईटेड क्लबको आयोजनामा नेपाल राष्ट्रिय माद्ययमिक बिद्यालयको खेल मैदानमा जारी प्रतियोगितामा आज योङ्ग स्टार यूनाइटेड क्लब निजगढ र पर्सा राईडर पर्साबिच खेल हुदैछ ।
दुई टिमबिचको खेल दिउसो ३ बजेदेखि शुरु हुने आयोजक क्लबका सचिव अजय गुरोले जानकारी दिनुभयो । यसअघि हिजो भएको खेलमा हेटौडा एकेडेमिलाई पराजित गर्दै न्यू हिमाल युवा क्लब निजगढ विजयी भएको थियो ।
आफ्नो दोश्रो खेलमा मकवानपुरलाई पराजित गर्दै न्यु हिमाल युवा क्लबले सेमिफाइनलको स्थान सुरक्षित गरेको हो । प्रतियोतिगा अन्र्तगत न्यू हिमाल युवा क्लबका गोल रक्षक रबिन बस्नेत म्यान अफ द म्याच घोषित भए । उनलाई ग्यावा फ्रेस हाउसका संचालक गौरी तामाङले म्यान अफ द म्याचको ट्रफी र चेक हस्तान्तरण गर्नुभएको थियो ।
कार्तिक १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख रुपैया र उप बिजेताले ५० हजार रुपैया पाउनेछन् ।