चौथो रतनपुरी गोल्डकप : आज ओजेल युवा क्लब र आयोजक रतनपुर भिड्ने

ए वान डेस्क
६ कार्तिक २०८२, बुधबार ०९:५९

ए वान डेस्क /

बाराको निजगढ नगरपालिका वडा नम्बर ११ मा जारी चौथो रतनपुरी गोल्डकप २०८२ मा आज अन्तिम क्वाटरफाईनल खेल हुदैछ । प्रतियोगिता अन्र्तगत आज आयोजक रतनपुर युनाईटेड क्लब र ओजेल युवा क्लब टांग्यिाबस्तीबिच खेल हुदैछ ।

श्री नेपाल राष्ट्रिय माद्ययमिक बिद्यालयको खेल मैदानमा जारी प्रतियोगितामा आज दुई टिम भिड्न लागेका हुन् । दुई टिमबिचको खेल दिउसो ३ बजेदखि शुरु हुने आयोजक रतनपुर युनाईटेड क्लबले जनाएको छ ।

ओजेल युवा आफ्नो दोश्रो खेल खेल्दैछ भने प्रतियोगितामा बाई पाउदै आयोजकको टिम ए आज आफ्नो पहिलो खेल खेल्न लागेको हो । यसअघि हिजो भएको खेलमा योंग स्टार युनाईटेड निजगढ विजयी भएको थियो । तेश्रो क्वाटरफाईनल खेलमा पर्सा राईडर्सलाई १ ० ले पराजित गर्दै योंग स्टारले सेमिफाईनलको स्थान सुरक्षित गरेको हो । अब सेमिफाईनल खेलमा योंग स्टारले न्यु हिमाल युवा क्लबसंग फाईनल प्रवेशका लागि खेल खेल्नेछ ।

कार्तिक १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले १ लाख र उप बिजेताले ५० हजार रुपैया पाउने आयोजक क्लबका अध्यक्ष संतोष कुमार दनवारले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*