चौथो रतनपुरी गोल्डकप : आयोजक रतनपुर फाईनलमा, आज न्यु हिमाल र योंग स्टार भिड्न
ए वान डेस्क /
आयोजक रतनपुर युनाईटेड युथ क्लब बाराको निजगढ नगरपालिका वडा नम्बर ११ मा जारी चौथो रतनपुरी गोल्डकप २०८२ को फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा फ्रेन्डस युवा क्लब बकुलियाई पराजित गर्दै आयोजक फाईनलमा प्रवेश गरेको हो ।
फाईनलको यात्रा सुरक्षित गर्ने क्रममा आयोजकले बकुलियालाई ५ ० ले पराजित गरेको थियो । प्रतियोगिता अन्र्तगत आयाृजक रतनपुर युनाईटेडका कप्तान अशालाल कुवर म्यान अफ द म्याच घोषित भए ।
उनलाई निजगढ नगरपालिका वडा नम्बर ११ का पूर्व वडा अध्यक्ष प्रेम रुम्बाले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत दोश्रो सेमिफाईन खेल हुदैछ । खेल न्यु हिमाल युवा क्लब र योंग स्टार क्लबबिच हुने आयोजक रतनपुर युनाईटेड युथ क्लबका सचिव अजय गुरोले जानकारी दिनुभयो । दुई टिमबिचको दोश्रो सेमिफाईनल खेल दिउसो ३ बजेदेखि शुरु हुनेछ ।
असोज ३१ गतेदेखि सञ्चालन भईरहेको प्रतियोगिताको विजेता टिमले १ लाख र उप बिजेताले ५० हजार रुपैया प्राप्त गर्नेछन
। प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।























