बुधबार सार्वजनिक बिदा दिने करैयामाई गाउँपालिकाको निर्णय

ए वान डेस्क
१९ कार्तिक २०८२, मंगलवार १३:१३

करैयामाई गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले कार्तिक १९ गते (बुधबार) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

वडा नं २ करैया गाउँस्थित श्री राजदेवीमाई मन्दिर परिसरमा परम्परागत रूपमा लाग्ने मेलामा धुमधाम र हर्षोल्लासका साथ पुजा–आराधना गर्न पाउने वातावरण बनाउने उद्देश्यले बिदा दिइएको गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले सोमबार एक सूचना जारी गर्दै जनाएका छन् ।

सूचना अनुसार उक्त दिन गाउँपालिका र वडा कार्यालय, शैक्षिक संस्था तथा बर्थिङ सेन्टर बाहेकका स्वास्थ्य संस्थाहरूमा पनि बिदा रहनेछ । अत्यावश्यक सेवा सञ्चालनमा भने कुनै अवरोध नहुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*