कोल्हवीमा ८ नयाँबस्तीमा कार्तिक २५ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

ए वान डेस्क
२४ कार्तिक २०८२, आईतवार १४:०४

ए वान डेस्क /
बाराको कोल्हवीमा कार्तिक २५ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ हुने भएको छ । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिको आयोजनामा वडा नम्बर ८ स्थित नयाँबस्तीमा महायज्ञ हुन लागेको हो ।
नयाबस्तीस्थित नागेश्वर महादेवको मन्दिर परिषरमा आयोजना हुने महायज्ञ मंसिर ३ गतेसम्म चल्नेछ । महायज्ञमा आचार्य श्री राघव उपाध्यायले कथा बाचन गर्ने कार्यक्रम छ । नागेश्वर महादेव मन्दिरको अक्ष्यकोष स्थापना तथा मन्दिर व्यवस्थापन गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको मुल आयोजक समितिका संयोजक डम्बर बहादुर श्रेष्ठले ए वान समाचारलाई जानकारी दिनुभयो ।
महायज्ञको कलश यात्रा मंसिर २५ गते हुनेछ भने २६ गतेदेखि कथा बाचन शुरु हुनेछ । कोल्हवी नगरपालिका वडा नम्बर ८ का पुर्व वडा अध्यक्ष एवं समाजसेवी सार्थक पौडेलले महायज्ञलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाले सम्पुर्णलाई सपरिवार उपस्थित भई सकेको सहयोग गर्नपनि आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*