श्रमिक साकोस सिमरामा प्रेम कुमार बस्नेतको नेतृत्व, ९ सदस्यीय नयाँ कार्यसमिति चयन

ए वान डेस्क
२४ कार्तिक २०८२, आईतवार १४:१५

बाराको सिमरामा रहेको श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको पाँचौं अधिवेशन तथा १५ औँ साधारण सभा सम्पन्न भएको छ। अधिवेशनले प्रेम कुमार बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

४ बर्षे कार्यकालको लागी बस्नेतको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मीन प्रसाद आपगाईं, कोषाध्यक्षमा यमनाथ ओझा, सचिवमा भिम प्रसाद सापकोटा र सह–सचिवमा मनहरी अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरूमा केशव प्रसाद सुवेदी, सुवास भट्टराई, सम्झना बन्जरा र जुना घिमिरे रहेका छन् । कार्यक्रममा असल बचतकर्ता सुर्य प्रसाद पौडेल र भावना राईलाई सम्मान गरिएको थियो ।

त्यस्तै असल ऋणीको रुपमा अरुणा धमलालाई र दृष्टिबिहिन सदस्य बचतकर्ताको रुपमा अम्बिका पकुवाललाई सम्मान गरिएको संस्थाका ब्यवस्थापक सुस्मिता ढुङ्गानाले जानकारी दिनुभयो । एक जना शेयर सदस्यको मृत्युवरण पश्चात उनका परिवारजनलाई लिवर्टी माईक्रो लाईफको तर्फबाट रु२२,५०० रकम प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष बेनि प्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*