सिमरा डुमरवाना अन्तर बिद्यालय फुटबल प्रतियोगिता : आज चार खेल सम्पन्न, को को भए विजयी ?

ए वान डेस्क
९ मंसिर २०८२, सोमबार २१:०४

ए वान डेस्क /

बाराको सिमरा रंगशालामा जारी सिमरा डुमरवाना अन्तर बिद्यालय फुटबल प्रतियोगिता २०८२ को चौथो दिन आज चार खेल सम्पन भएको छ । प्रतियोगिता अन्र्तगत जुनियर र सिनियरतर्फ गरी चार खेल सम्पन्न भएको हो । पहिलो खेल जुनियरतर्फ पाथिभरा र होलि गार्डेनबिच भएको थियो ।

खेलमा पाथिभरा ३ ० ले विजयी भएको थियो । प्रतियोगिता अन्र्तगत पाथिभराका निरज महत्तो कोईरी म्यान अफ द म्याच घोषित भए । उनलाई होलि गार्डेनका प्रिन्सिपल भुवन राईले पुरस्कार प्रदान गरेका थिए ।

यस्तै दोश्रो खेल जुनियरतर्फ न्यु एकता र मिसन एकेडेमीबिच भएको थियो । खेलमा मिसन एकेडेमी ३ ० ले विजयी भएको थियो । प्रतियोगिता अन्र्र्तगत मिसन एकेडेमीका राजदिप चौधरी म्यान अफ द म्याच घोषित भए । उनलाई न्यु एकताका शिक्षक सुसान्त चौधरीले पुरस्कार प्रदान गरेका थिए ।

यस्तै तेश्रो खेल सिनियरतर्फ अक्षरा र राष्टिय बिभुतीबिच भएको थियो । खेलमा राष्ट्रिय बिभुती १ ० ले विजयी भएको थियो । प्रतियोगिता अन्र्तगत राष्ट्रिय बिभुतीका मनिक तामाङ म्यान अफ द म्याच घोषित भए । उनलाई मिसन एकेडेमीका प्रिन्सिपल सन्दिप लामाले पुरस्कार प्रदान गरेका थिए ।

यस्तै चौथो खेल सिनियरतर्फ सिमरा पब्लिक र सेटजोन्स एकेडेमीबिच भएको थियो । खेलमा सिमरा पब्लिक १ ० ले विजयी भएको थियो । प्रतियोगिता अन्र्तगत सिमरा पब्लिकका सुजन घलान म्यान अफ द म्याच घोषित भए । उनलाई सेन्ट जोन्सका प्रिन्सिपल विजय श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

भोलिको खेल

प्रतियोगिता अन्र्तगत पहिलो खेल जुनियरतर्फ लोटस र मिसन एकेडेमीबिच हुनेछ । यसैगरी दोश्रो खेल पाथिभरा र स्नो एपेक्सबिच हुनेछ । दुवै खेल दिउसो १२ बजेदेखि शुरु हुनेछ ।

यस्तै सिनियरतर्फ पहिलो खेल मिसन एकेडेमी र राष्ट्रिय बिभुतीबिच हुनेछ । यसैगरी दोश्रो खेल सिमरा पब्लिक र एक्स सभिसमेनबिच हुनेछ । दुवै खेल दिउसो २ बजेपछि शुरु हुने सिमरा डुमरवाना हबका संयोजक बसन्त ढकालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*