युवा पुस्ताको प्रतिनिधित्व गर्दै बारा ४ मा नेकपाबाट कुशवाहाको मनोनयन दर्ता
बारा क्षेत्र नं ४ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अजय कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन् । कुशवाहाले राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्रको कार्यालय जीतपुरमा पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् ।
बारा प्रसौनी २ का २६ वर्षीय कुशवाहा युवा पुस्ताका प्रतिनिधि तथा राष्ट्रिय बास्केटबल खेलाडी हुन् ।
खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव बटुलेका कुशवाहालाई पार्टीले युवा र नयाँ पुस्ताको प्रतिनिधिका रूपमा अघि सारेको जनाएको छ ।























