बारा ३ मा कुलमानका उम्मेदवारले शुरु गरे भेटघाट
ए वान डेस्क /
उज्यालो नेपालको तर्फबाट बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका युवा व्यवसायी एवं समाजसेवी तिर्थबहादुर गुरुङले भेटघाट शुरु गरेका छन् । जीतपुरसिमरा १५ डुमरवाना निवासी गुरुङले मत आफ्नो पक्षमा ल्याउन मतदातासंगको भेटघाट शुरु गरेका हुन् ।
नेकपा माओवादी केन्द्र परित्याग गरी कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल प्रवेश गरेका गुरुङले कलैयाबाट चुनावी भेटघाट शरु गरेका हुन् । पहिलो दिन कलैया र जीतपुरसिमरा उपमहानगरपालिकाभित्र बिभिन्न क्षेत्रमा गुरुङ भेटघाटका लागी पुगेका थिए ।
भेटघाटका क्रममा बैकल्पिक शक्तिको रुपमा उदाएको उज्यालो नेपाललाई मतदाताले स्वागत र समर्थन गरेको उज्यालो नेपालका केन्द्रिय सदस्य अर्जुन शर्माले जानकारी दिनुभयो । गुरुङको प्रस्तावकमा बिष्णु प्रसाद अधिकारी र समर्थकमा शिवशंकर चौधरी रहनुभएको थियो ।
यसअघि पर्सामा उज्यालो नेपालबाट उम्मेदवार बनेका बारा र पर्साका उम्मेदवारहरुको बिचमा छलफल भएको केन्द्रिय सदस्य शर्माले जानकारी दिनुभयो ।

























