बारा ४ का काग्रेस उम्मेदवार गुप्ताले कावर काफला गएका बाबालाई गरे सम्मान

ए वान डेस्क
११ माघ २०८२, शनिबार १४:२५

ए वान डेस्क /

नेपाली काग्रेसको तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार श्यामबाबु गुप्ताले कावर काफलाका रुपमा भारत गएका बाबाहरुलाई सम्मान गर्नुभएको छ । कावर काफलाको रुपमा जल भर्न हजारौ बाबाहरु भारत गएका थिए ।

२० दिनको कठोर ब्रत बस्दै भारत पुगेर नेपाल फर्कने क्रममा युवा समाजसेवी गुप्ताले नेपाल भारतको सिमामा रहेको शंकरआचार्य गेटमा बाबाहरुलाई सम्मान गर्नुभएको थियो । बाराको बिश्रामपुर, फेटा, पर्सौनी, जीतपुरसिमरा, परवानिपुरबाट गरी ११०० जना कावर काफलाको रुपमा जल भर्न भारत पुगेका थिए ।

मितेरी पुल नजिकै रहेको नेपाल भारत सिमानामै पुगेर गुप्ताले स्वागत सम्मान गर्नुभएको नेपाली काग्रेसका युवा नेता शेखर भण्डारीले जानकारी दिनुभयो । साथै बाबाहरुले उम्मेदवार गुप्तालाई आर्शिवाद समेत प्रदान गरेको भण्डारीले जानकारी दिनुभयो । सो अवसरमा नेपाली काग्रेस मधेश प्रदेशका सह महामन्त्री जय नारायण यादव, क्षेत्रिय समापति सुनिल कुमार गुप्ता, प्रदेश महाधिवेशन प्रतिनिधि नन्द किशोर कुशुवाहा लगायतको उपस्थिति रहेको थियो ।

नेपाली काग्रेसको तर्फबाट उम्मेदवार बनेका गुप्ताले भेटघाटलाई तिब्रता दिएका छन् । काग्रेस नेता भण्डारीले क्षेत्रिय समितिको बैठक पस्चात घरदैलो शुरु गरिने बताउनुभयो ।

काग्रेस क्षेत्र नम्बर ४ को क्षेत्रिय समितिको बैठक सोमबार सिमरामा बस्दैछ । मजाघरे टेन्ट हाउसमा बस्ने क्षेत्रिय कार्य समिति बैठकले निर्वाचन केन्द्रित कार्यक्रम बनाउने भण्डारीले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*