बौद्धिक अपांगता अभिभावक संघ बाराको पहिलो साधारणसभा सम्पन्न, कडेल बने अध्यक्ष
बौद्धिक अपांगता अभिभावक संघ बाराको पहिलो साधारणसभा आज बाराको सिमरामा सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमकाबिच जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उप प्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो ।
नेपाल अपांग सेवा संघ बाराका अध्यक्ष गंगा प्रसाद वाग्ले, सञ्चारकर्मी बिदुर खड्का, रञ्जन यादव लगायतको उपस्थिति रहेको थियो । पुण्य प्रसाद कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल अपांग सवा संघ बाराका पुर्व अध्यक्ष धन प्रसाद बजगाईले गर्नुभएको थियो ।
कार्यक्रममा शंकर ढकालले स्वागत मन्तब्य राख्नुभएको थियो । साधारणसभाले पुण्य प्रसाद कडेलको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । नया कार्यसमितिको उपाध्यक्षमा शंकर प्रसाद ढकाल, सचिवमा सिद्धिनाथ खतिवडा, सह सचिव लक्ष्मी रिजाल र कोषाध्यक्ष खेम कुमारी पौडेल चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा मुसालुङ खातनु, नवराज न्यौपाने लगायत चयन भएको नव निर्वाचित अध्यक्ष पुण्य प्रसाद कडेलले जानकारी दिनुभयो । पहिलो साधारणसभाले ११ सदस्य नया कार्यसमिति चयन गरेको हो ।
























