पर्सागढीबाट अवैध हतियारसहित एक जना पक्राउ

ए वान डेस्क
११ माघ २०८२, शनिबार १६:२६

पर्सा प्रहरीले बिहीबार राति पर्सागढी नगरपालिका १ स्थित कोईलाभार गाउँबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३८ वर्षीय जयनारायण खवास रहेका छन् ।

प्रहरीका अनुसार खवास मादक पदार्थ सेवन गरी स्थानीयवासीसँग गालीगलौज तथा होहल्ला गरिरहेको सूचनाको आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

सोही क्रममा खानतलासी गर्दा उनको साथबाट लाइसेन्स नभएको एक थान भरुवा बन्दुक र उक्त बन्दुकमा प्रयोग हुने १३ राउन्ड गोली बरामद गरिएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

बरामद हतियार तथा गोलीसहित पक्राउ यरेका खवासलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*