जीतपुरसिमरामा बिभिन्न पार्टी परित्याग गरी १०० जना काग्रेसमा प्रवेश, गुप्ताले गरे स्वागत

ए वान डेस्क
११ माघ २०८२, शनिबार १९:२९

ए वान डेस्क /

बिभिन्न पार्टी परित्याग गरी बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा १०० जना नेपाली काग्रेसमा प्रवेश गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी १०० जना नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका राम देव चौधरीको नेतृत्वमा प्रवेश गरेका युवा र महिलाहरुलाई एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार श्यामबाबु गुप्ताले स्वागत गर्नुभएको थियो । कार्यक्रमकाबिच वडा नम्बर १९ का शंकर चौधरी, गब्बर चौधरी, बिनय माझी, बिना देवी चौधरी, महत्तो चौधरी, राजिन्द्र चौधरी लगायत प्रवेश गर्नुभएको नेपाली काग्रेसका युवा नेता शेखर भण्डारीले जानकारी दिनुभयो । युवा समाजसेवी समेत रहेका गुप्ता उम्मेदवार बनेसंगै बारा क्षेत्र नम्बर ४ मा युवाहरुको आर्कषण बढ्दै गएको छ ।

कार्यक्रममा नेपाली काग्रेस मधेश प्रदेशका सह महामन्त्री जय नारायण यादव, क्षेत्रिय सभापति सुनिल कुमार गुप्ता, जीतपुरसिमरा उपमहानगरपालिकाकी उप मेयरकी प्रत्याशी मेघा शाही, वडा नम्बर १९ का वडा सभापति राजिन्द्र साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण काग्रेसका स्थानीय नेता बिनोद अधिकारी चौधरीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*