राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा दुई सय बढी मत खस्यो

ए वान डेस्क
१२ माघ २०८२, आईतवार १३:१६

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म मधेस प्रदेशमा दुई सय बढीले मतदान गरेका छन् ।
निर्वाचन अधिकृत शुभाषबाबु पुरीका हालसम्म १२० जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख र ८० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

मधेस प्रदेशमा चार समूहको चार सिटका लागि मतदान हुँदैछ ।
बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा १ सय जना प्रदेशसभा सदस्य र २६४ जना स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता छन् ।

मधेस प्रदेशमा चार सिटका लागि ११ जना उम्मेदवार रहेकोमा तीन जनालाई जनता समाजवादी पार्टी (जसपा) नेपालले निस्क्रिय पारेको हो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एक्लै सबै सिटमा उम्मेदवारी दर्ता गराएको छ भने नेकपा एमाले,नेपाली कांग्रेस र जसपा नेपालले गठबन्धन गरेर उम्मेदवार खडा गरेको हो ।

जनमत पार्टीले आफ्नो उम्मेदवार खडा गरेको छैन् ।

मधेस प्रदेशमा अन्य,महिला,दलित र अपांगता अल्पसंख्यक समूहमा निर्वाचन हुँदैछ । अन्य समूहमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल उम्मेदवार छन्।

उम्मेदवारी अघि लोसपा र जसपा नेपालबीच एकता गर्ने निर्णय मात्र भएकोमा हाल दुबै पार्टीबीच एकता भइसकेको छ ।

यस्तै, महिला समूहमा जसपा नेपालकी चन्द्रकला देवी साह, नेकपा एमालेकी रेखा कुमारी झा र नेकपाकी शमी कुमारी अग्रवाल उम्मेदवार रहेका छन्।

दलित समूहमा जसपा नेपालकी चमेली देवी दास, नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी उम्मेदवार छन्।

अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, नेपाली कांग्रेसका रञ्जित कर्ण र जसपा नेपालका शैलेश कुमार चौधरी उम्मेदवार छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*