जन्मदिनको अवसरमा शाहद्वारा वृद्धा आश्रममा खाद्यान्न वितरण

ए वान डेस्क
१२ माघ २०८२, आईतवार १६:३६
oplus_0

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ निवासी सविन शाहले आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक उत्तरदायित्व वहन गर्दै पथलैयास्थित ज्येष्ठ नागरिक सम्मान वृद्धा आश्रम नेपालमा खाद्यान्न सामग्री वितरण गरेका छन्।

शाहले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूका लागि चामल, दाल, तेल, नुन, मसला,अण्डा तथा फलफूल लगायतका अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरेका हुन्।

जन्मदिन औपचारिक उत्सव मात्र नभई सेवामूलक कार्यमा रूपान्तरण गर्ने उद्देश्यले खाद्यान्न सामग्री वितरण गरिएको  शाहले बताएका छन्।

ज्येष्ठ नागरिकहरू पनि शाहको सहयोगप्रति खुशी भएका थिए ।

स्थानीय युवा शाहले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने बताएका छन्।

जन्मदिनजस्ता व्यक्तिगत खुशीका क्षणलाई समाजसेवामा समर्पित गर्नु प्रेरणादायी कार्य भएको उनले बताए।

खाद्यान्न वितरण कार्यक्रममा आश्रमका व्यवस्थापक तथा ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो। आश्रम व्यवस्थापन पक्षले सविन शाहप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*