बजनीमा एमालेको निर्वाचन परिचालन कार्यालय स्थापना

ए वान डेस्क
२४ माघ २०८२, शुक्रबार १३:१४

बारा क्षेत्र नं. ४ अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनीमा नेकपा एमालेले निर्वाचन परिचालन कार्यालय स्थापना गरेको छ । कार्यालयको उद्घाटन एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले गरेका थिए ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण, प्रचारप्रसार तथा जनसम्पर्कलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यालय स्थापना गरिएको पार्टी वडा कमिटी अध्यक्ष शुक्र श्रेष्ठले बताएका छन् ।
उद्घाटन कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले विकास, सुशासन, रोजगारी तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर पहल गर्दै बारा क्षेत्र नं। ४ लाई नमूना क्षेत्रका रूपमा विकास गरिने बताएका हुन्।

कार्यक्रममा बोल्दै अन्य नेताहरुले उम्मेदवार श्रेष्ठलाई आगामी निर्वाचनमा विजयी गराउन सबैलाई एकजुट भएर लाग्न आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*