आईपीएल क्रिकेटमा आज मुम्बई र कोलकताबीच प्रतिस्पर्धा हुँदै

ए वान डेस्क
१५ चैत्र २०८२, आईतवार १३:३२

इन्डियन मियर लिग (आईपीएल) क्रिकेटमा आइतबार मुम्बई इन्डियन्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

सोही खेल नेपाली समय अनुसारआइतबार राति पौने ८ बजेदेखि मुम्बईको वाङ्खडे रंगशालामा हुने भएको हो ।

मुम्बई र कोलकताले अहिलेसम्म एक(आपसमा ८ वटा आईपीएल उपाधि जितेका छन् ।

आईपीएलको सर्वाधिक सफल टोलीमध्येको एक मुम्बईले पाँच वटा उपाधि जितेको छ । मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० को आईपीएल उपाधि जितेको हो । कोलकताले भने २०१२, २०१४ र २०२४ गरि तीन पटक आईपीएल जितेको छ ।

शनिबारदेखि शुरु भएको आईपीएल क्रिकेटको १९ औं संस्करणमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर विजयी शुरुवात गरेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*