रवि लामिछाने,महन्थ ठाकुर र प्रभू साह बिच भेटवार्ता : मधेश बिकासमा सहकार्यको सन्देश

ए वान डेस्क
१७ चैत्र २०८२, मंगलवार १३:४०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच बुढानिलकण्ठस्थित लामिछानेको निजी निवासमा भेटवार्ता भएको छ।
भेटका क्रममा वर्तमान राजनीतिक अवस्था, मधेस क्षेत्रको समग्र विकास, तथा प्राथमिकताका योजनाहरूका विषयमा विस्तृत छलफल भएको जनाइएको छ ।

पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गर्दै अघि बढ्ने विषयमा दुबै पक्ष एकमत भएका छन्।

यस्तै,आम जनता पार्टीका अध्यक्ष प्रभू साहसँग पनि भेटघाट भएको छ।
सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष साहले यसप्रति खुशी व्यक्त गरेका छन्।
छलफलमा देश र विशेषगरी मधेसले परिवर्तन चाहेको कुरा जनमतबाट स्पष्ट देखिएकाले पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा जोड दिइएको छ।
साथै, अध्यक्ष प्रभू साहले सभापति लामिछाने र पार्टीलाई औपचारिक रूपमा बधाईसमेत ज्ञापन गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*