यसकारण मोबाइल चार्जमा राखेर कहिल्यै सुत्नु हुँदैन

ए वान डेस्क
१३ असार २०७६, शुक्रबार १४:०८

एजेन्सी । आफूले सुत्नु अगाडि खाटमा चार्ज गरेर राखेको ट्याब्लेट बलेर बिहान उठ्दा डस्ना समेत प्वाल पारिदिएपछि एक एघार वर्षीय युवक आश्चर्यमा परे । यसरी धेरैपटक प्राविधिकविद्हरुले मोबाइल चार्ज गर्दा जल्न सक्ने वस्तुमाथि नराख्न सुझाव दिँदै आएका छन् । उसो भए कसरी चार्ज गर्नु सुरक्षित हुन्छ त ?

आगो नियन्त्रण विभागका अनुसन्धान विद् पल श भन्छन्, “सबैभन्दा पहिले त कसैले पनि आफ्नो फोन सिरानी मुनि राखेर सुत्ने गर्नु हुँदैन भन्ने कुरा जानि राख्नुपर्छ र चार्जमा राख्दा खाटमाथि पनि छाड्नु हुँदैन ।”

उनी भन्छन्, “यसलाई ब्याट्रिको ‘थर्मल रनवे’ भनिन्छ जुन आफैँ तात्ने प्रक्रिया हो र यो लगातार तातिरहने गर्दछ । त्यसैले एउटा काठको टेबलमाथि चार्ज गर्नु उचित हुन सक्छ किनकी ब्याट्रिको ऊर्जा त्यसलाई जलाउन पर्याप्त हुँदैन तर कपडा, कागज लगायतका वस्तुहरु सजिलै बल्न सक्छन् ।”

त्यसैगरी पलले सकेसम्म सधैँ मोबाइल फोनसँगै आएको चार्जर मात्र प्रयोग गर्न समेत सुझाव दिएका हुन् । इलेक्ट्रिकल सेफ्टी फर्स्टका कार्यकारी प्रमुख फिल बकल पनि रातभर डिभाइस चार्जमा राखेर छाड्नुको विरुद्धमा रहेको बताउँछन् । उनले भनेका छन्, “सधैँ सुत्नु अगाडि सबै स्वीच बन्द गरेर सुतेको राम्रो हुन्छ ।”

त्यसैगरी कुनैकुनै बेला हामीले बत्ती भए नभएको थाहा नपाइ बल्ब परिवर्तन गर्ने गरेका छौँ । त्यो कत्तिको सुरक्षित हुन्छ भन्ने बारेमा पलले यस्तो भनेका हुन्, “लाइट बल्ब जोडिने ठाउँमा हामीले सिधा औँला नपुर्याएसम्म त्यसले धेरै असर गर्नेछैन । तरपनि बल्ब जोड्दा बत्ती बल्छ भने हामीले तुरुन्तै लाइन अफ गर्नुपर्छ ।

बाहिर जानु अगाडि सबै बत्ती निभाउनु वा तारहरु निकाल्न कति आवश्यक छ भन्नेमा चाहिँ बकलले आफूले सधैँ कतै जानु अगाडि टोस्टर र तातो पानी तताउने कित्ली बन्द गरेर जाने गरेको बताए ।

यसबारेमा पलले पनि बिहान कार्यालय जाने समयमा वासिङ मसिन लगायत डिजिटल टाइमर भएका डिभाइसहरु अफ गर्ने गरेको बताएका हुन् तर फ्रिज जस्ता वस्तु भने बन्द नहुँदा पनि फरक नपर्ने उनले बताएका छन् । यसैगरी आकाश गड्याङगुडुङ गरेको समयमा टिभी निभाउनु पर्छ पर्दैन भन्दा बकलले यस्तो भनेका हुन्, “मैले यसमा कुनै खतरा देखेको छैन र म आफैँले आकाश गर्जिरहेको समयमा टीभी निभाएको छैन ।”

त्यस्तै टोस्टरमा टोस्ट अड्किएको छ भने त्यसलाई सुरक्षित साथ निकाल्न पहिले प्लग निभाउने त्यसपछि प्लग निकाल्ने र एउटा प्लास्टिकको पन्यौँले निकाल्न उनले सुझाव दिएका हुन् । द गार्जियनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*