मधेशको शिक्षा र परिवर्तन

नेपालमा लामो समय देखि राज्यसत्ता र त्यसपछिको पञ्चाँयती ब्यवस्था बाट शोषण ,उत्पीडन तथा दमनमा रहेको पुर्वदेखि पश्चिम सम्मको नेपालको भुभागमा बसिरहेको आम सर्वसधारण नेपालि जनतालाई मधेशको भुभाग बाट चिन्ने चलन पुर्व कालदेखि नै रहेको ईतिहास देखिन्छ । राज्य सताको आत्मनिर्णय अधिकार बाट बन्चित गदै आफनै देशमा बसेका मधेशका सर्वहारा जनतालाइ नेपालकै दोस्रो नागरिक,नोकर साहि प्रवृर्ति ले हेर्ने दृष्टिकोण रहेकै कारण मधेशमा अशिक्षा,बेरोजगारि,भोकमरि ,राज्य सरकारको पहुचमा कमि जस्ता समस्या बढनु सवभाविक नै छ ।
नेपालको ईतिहासमा २००७ साल देखि नेपालि सर्वहारा जन्ताको मुतिm लागि विभिन्न आन्दोलनहरु भयो । २००७ सालको आन्दोलन,२०३६ सालको विधार्थी आन्दोलन, २०४६ सालको जन आन्दोलन, १० वर्ष जनयूद्ध र २०६२/२०६३ को दोश्रो जन्आन्दोलन तथ त्यस पछिको मधेश आन्दोलन यी सम्पूर्ण आन्दोलन नेपालका मधेश पनि १०० औ युवाहरु अगाडी आएर सहिद भएका छन । ती महान सहिदहरुको एउटै सपना नेपाली सर्व सधारण उत्पीडित जनताको पहिचान सहित मुक्ति , आम नेपाली जनताको सम्मान अधिकार, मधेशमा बसिरहेको जनताको पहिचान, सम्पृर्ण दमनमा परेको वर्गको पहिचान र राज्य सात्ताको सम्पुर्ण निकायमा पहुच सहित राष्ट्रिय स्वाभिमान सहितको नयां नेपालको परिकल्पना रहेको हो ।
आज नेपालमा संविधान सभा बाट सविधान बनेको छ । १०० औ नेपाली नेताहरुको जन्म नेपाली सर्वहारा जनताले दिएका छन । र यी महान नेताहरु नयां नेपालको निर्माण कार्यमा अगाडी बढीरहेको क्रममा एकतन्त्रिय निरंकुश राज्यतन्त्रको अन्त्य, संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापना ले शुरुमा आम नेपाली जनताको शुभकामना पाएको थिया ।
जनताहरुको भवना, आर्दश व्यहार संग मिलनु नै नेताहरुको राम्रो भुमिका हुनुपर्छ । तर यी सम्पूर्ण कुराहरु उल्टो भइरहेको अवस्था देखिन्छ । अरजकता , भष्टचारी, शैक्षिक बृकक्ती बढिरहेका छन । नेताहरुको हाइफाई , हाउभाउको विकाश भएको छ । व्यक्तिगत विकास चेन्ज भएका छन ।केही व्यक्तिहरु राज्य साताको सम्पक्तीमा रमाइरहेका, नेताहरुको आर्थिक विकाश भएका तर सहिद परिवार र सर्व हारा वर्ग आज पनि आफनो पहिचान एवम नेपाली सर्वहारा वर्ग आफनो मुक्तिको अभुतीको पखाईमा वसिरहेको वर्तमान आवस्था हो ।
देशको विकाशको कुरा गर्ने हो भन्ने देशका शिक्षा प्रणली जनताको पहुचमा हुनुपर्छ । तर नेपालको शिक्षाको अवस्था हेर्नेहो भन्ने दोहरो शिक्षा प्रणलीको विकासले निजीकरण दिना दिन विकास हुदैगइरहेको छ । सरकारी विधालयहरु दिना दिन गुणस्तरीय शिक्षाको कमी निजी भन्दा सरकारी शिक्षामा विधार्थी राम्रो परिणम ल्याउनु नसक्नुले सरकारी विधालय दिन प्रतिदिन पछाडी परेको अवस्था बढिरहेको देखिन्छ ।
मधेशका प्रायः जिल्लाको विधालयहरुमा व्यक्तिबादि राजनैतिक कारणले गर्दा विधालयहरुमा नराम्रो प्रवाह परेको छ । विधालयको विकाश ,शिक्षा अवस्थाको सुधार , समुदायको सम्पूर्ण बाल बालिका लाई विधालय विधालयमा पहुच पुरियाउने काम गरेर शिक्षा प्रवाह लाई मजबुत गर्नुको साटो विधालयहरुमा व्यवस्थापन समिति र शिक्षकहरुको विचमा एक आपसमा द्धन्दको विकास, मधेसको विधालयमा दरबन्दीको अभावले मधेशको शिक्षा कमजोर हुदै गइरहेको छ ।
देश २१ औ शताब्दीमा अगाडी बढिरहेको समयमा नेपाली शिक्षालाई राज्यको तर्फ बाट ग्यारेनटी गर्नुको साथै शिक्षालाई व्यहारिक र प्राविधी मुलक शिक्षमा जोड दिनु र सिपमुलक शिक्षा लागु गरेर निजि शिक्षालाई पुर्ण रुपमा अन्तय गर्नले नै नेपाल भित्र रहेका अधिकासं किसान मजदुरका छोरा–छोरिहरुले गुणस्तरिय र सिपमुलक शिक्षा अध्यन गरेर देशको बिकास कार्यमा सहयोग पुर्याउन सक्छ ।नेपालि समाजको विश्व सामु पहिचान गराउनको साथै लामो समय देखि गरिब जनताले गरिरहेको पटक–पटक आन्दोलनलाई पनि अबदेखि अन्त्य गर्ने हो भने शान्ति र संबिधान पुर्ण रुपमा लागु गर्नु हो भने नेपालि शिक्षा प्रणालिमा निजि करणको अन्त्य र प्राविधिक एवम शिप मुलक शिक्षा प्रणालि को बिकाश को साथै शैक्षिक माफियाहरुको पहिचान गरि कार्वाहि गरि भाषा एवम समुदाय अनुसारको भार्षिक बाट शैक्षिक पाठयक्रमको विकास तथा लागु गर्नेले नै नेपालमा रहेका गरिब जनताका छोराछोरीहरु पनि डाकडर इनजीनियर, राज्यको माथिलो तहमा पहुच हुन्न सक्छ । तब मात्र नेपालमा बसिरहेको अधिकास किसान गरिब मजदुर र पछाडि परेको जातीहरु सहित वर्गीय मुक्तीको लागी आत्मनियर्ण अधिकार सहितको साचीकै रुपमा संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको अनभुती गराउन सकिन्छ ।