सिम्रौनगढका मेयर चढ्ने गाडी रौतहटमा दुर्घटना

ए वान डेस्क
१ जेष्ठ २०८२, बुधबार १६:००

बारा सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटना भएको छ ।

रौतहटको चन्द्रनिगाहपुरबाट कटहरीया हुँदै सिम्रौनगढ तर्फ जाँदै गरेको बा २ झ ४३५४ नम्बरको मेयर स्कारपियो गाडी देवाही गोनाही नगरपालिका-५ नारायणचोक देखि २०० मिटर उत्तरतर्फको बाटोमा दुर्घटना भएको हो ।

आफै अनियन्त्रित भई गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन् । गाडी चालक बारा सिम्रौनगढ -१ बैरियाका ४० वर्षीय मुस्तुफा आलमलाई सामान्य चोटपटक लागेको र अवस्था सामान्य रहेको प्रवक्ता रायले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*