सिमरा डुमरवाना अन्तर बिद्यालय फुटबल प्रतियोगिता शुरु, आज को को भए विजयी ?
बाराको सिमरामा सिमरा डुमरवाना अन्तर बिद्यालय फुटबल प्रतियोगिता २०८२ आजदेखि शुरु भएको छ । सिमरा डुमरवाना स्कुल हबको आयोजनामा सिमरा रंगशालामा आजदेखि प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको एक कार्यक्रमकाबिच मधेश प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै ठकुरीले बिद्यालय स्तरको प्रतियोगिताको खेल क्षेत्रको विकासमा ठुलो भुमिका खेल्ने बताउनुभयो । बिभिन्न समयमा आयोजना हुने बिद्यालय स्तरीय प्रतियोगिताले अध्ययनसंगै बिद्यार्थिको क्षमता विकास ठुलो टेवा पुग्ने बताउनुभयो ।
अन्य क्षेत्र जस्तै भबिष्य बनाउने गरी व्यवसायिक रुपमा पनि फुटबल खेल खेल्ने सकिने उहाले बताउनुभयो । कार्यक्रममा बोल्दै ऐन प्यावसनका केन्द्रिय सदस्य राम प्रसाद अधिकारीले प्रतियोगिताको सफलताको कामना गर्नुभयो । सिमरा डुमरवाना हबका संयोजक बसन्त ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलकुद बिभाग प्रमुख सुबाष अधिकारीले स्वागत मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक रिसि काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा ऐन प्यावसन सिमरा डुमरवाना हब अन्र्तगतका बिभिन्न १२ बिद्यालयका प्रिन्सिपल एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मंसिर ७ गतेसम्म चल्ने प्रतियोगितामा १२ वटा बिद्यालयको सहभागिता रहेको छ ।
उद्घाटन खेलमा को को भए विजयी ?
प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा न्यु एकता विजयी भएको छ । जुनियरतर्फको खेलमा न्यु एकता र सेन्ट जोन्सबिच खेल भएको थियो । निर्धारित समयमा दुवै टिमले गोलरसहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।
टाईब्रेकरमा एकताले सेन्ट जोन्सलाई ४(३ ले पराजित गरेको थियो । प्रतियोगिता अन्र्तगत न्यु एकताकी अन्जन नेपाली म्यान अफ द म्याच घोषित भए । उनलाई पर्सा जिल्ला फुटबल संघका सचिव बिनोद परियारले पुरस्कार प्रदान गरेका थिए ।
दोश्रो खेल मिसन एकेडेमी र अक्षरा पाठशालाबिच भएको थियो । खेलमा मिसन एकेडेमीले अक्षरा पाठशालालाई २ ० ले पराजित गरेको थियो । जुनियरतर्फको खेलमा मुन्नाराज चौरसिया म्यान अफ द म्याच घोषित भए । उनलाई समाजसेवी तथा खेलप्रेमी राम पाठकले पुरस्कार प्रदान गरेका थिए ।
तश्रो खेलमा सिनियरतर्फ लोटस एकेडेमी र मिसन एकेडेमीबिच भएको थियो । खेलमा मिसन एकेडेमीले लोटस एकेडेमीलाई ५ ४ ले पराजित गरेको थियो ।
चौथो खेल सिनियरतर्फ पाथिभरा र अक्षरा पाठशालाबिच भएको थियो । खेलमा अक्षराले पाथिभरालाई २ ० ले पराजित गरेको थियो । खेलमा साजित अंसारी म्यान अफ द म्याच घोषित भए ।
भोलिको खेल
प्रतियोगिता अन्र्तगत भोलि पनि चार वटा खेल हुदैछ । पहिलो खेल जुनियरतर्फ एक्स सर्भिसमेन र लोटस एकेडेमीबिच हुनेछ । खेल बिहान ११ बजेदेखि शुरु हुनेछ । दोश्रो खेल पनि जुनियरतर्फ सिमरा पब्लिक र पाथिभराबिच हुनेछ । खेल ११ बजेदेखि शुरु हुनेछ ।
यसैगरी तेश्रो खेल सिनियरतर्फ एक्स सर्भिसमेन र होलि गार्डेनबिच हुनेछ । खेल दिउसो १२ः३० बजेदेखि शुरु हुनेछ । चौथो खेल सिनियरतर्फ न्यु एकता र सिमरा पब्लिकबिच हुनेछ । खेल दिउसो २ बजेदेखि शुरु हुने सिमरा डुमरवाना हबका संयोजक बसन्त ढकालले जानकारी दिनुभयो ।
























