खाली पेट सक्खर र जीरा पानी खानुका फाइदा …

ए वान डेस्क
२६ मंसिर २०७४, मंगलवार ०६:३५

जीरा हरेक घरमा मसलाका रूपमा प्रयोग हुन्छ । यसले खानाको स्वाद र सुगन्ध बढाइदिन्छ । अनि सक्खरको मिठासले मिठाईहरूको स्वाद बढाइदिन्छ । यी बहुगुणी जीरा र सक्खर पानीमा मिसाएर खाँदा अनेकौं रोगबाट बच्न सकिन्छ ।

रक्ताल्पता
सक्खर र जीरा हालेको पानी पिउँदा शरीरमा रक्ताल्पताको समस्या हट्छ । यसले रगतमा भएका अशुद्धिहरूलाई पनि हटाउँछ ।

टाउको दुखेको
टाउको दुख्ने समस्या छ भने सक्खर र जीरायुक्त पानी पिउँदा अवश्य लाभ पाइन्छ । ज्वरो आएको अवस्थामा पनि यो मिश्रणले त्यसबाट छुटकारा दिलाउँछ ।

रोगप्रतिरोधक क्षमता
जीरा र सक्खर प्राकृतिक गुणहरूले भरिएका हुन्छन् । यिनीहरूले शरीरभित्रको फोहोर सफा गरेर रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउँछन् ।

पेट रोग
कब्जियत, ग्यास, पेट फुल्ने र पेट दुख्ने लगायतका समस्या छ भने सक्खर र जीरा भएको पानी पिउँदा फाइदा हुन्छ । बिस्तारै यी रोग हराउँछन् ।

रजस्वला
रजस्वला अनियमित भएमा र पेटमा पीडा जस्ता समस्या आएमा यस्तो पानी पिउँदा आराम पुग्छ ।

कम्मर दुख्दा
ढाड वा कम्मरको पीडा हुँदा सक्खर र जीरा भएको पानी पिउँदा समस्याबाट मुक्ति पाइन्छ ।

यसरी बनाउनुस् मिश्रण
सबभन्दा पहिला एउटा भाँडोमा दुई कप पानी हाल्नुस् । यसमा चम्चा फुटाएको सक्खर र एक चम्चा जीरा मिसाएर मज्जाले उमाल्नुस् । त्यसपछि त्यसलाई एउटा कपमा हालेर त्यो पानी पिउनुस् । यो पानी एक कप दिनदिनै बिहान खाली पेटमा पिउँदा छिट्टो फाइदा पुग्छ ।

-एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*