प्रादेशिक राजधानी घोषणाले बारा र पर्सामा आक्रोश, भोलिदेखि अनिश्चितकालिन बन्द

ए वान डेस्क
३ माघ २०७४, बुधबार २०:३७

ए वान डेस्क /

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर तोकिएपछि बारा र पर्सामा आक्रोश चुलिएको छ । आज दिउसो बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर तोकेपछि बारा र पर्सामा आक्रोश चुलिएको हो ।

विरञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउन माग गर्दे बिगत २ सातादेखि रिले अनसन जारी राखेको विरगञ्ज सघर्ष समितिले भोलिदेखि अनिश्चितकालिन बन्दको घोषणा गरेको छ । सरकारले विरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी नबनाएको भन्दै सघर्ष समितिले भोलिदेखि अनिश्चितकालिन विरगञ्ज बन्दको घोषणा गरेको दरुण दल बाराका अध्यक्ष लुकेश सिंहले ए वान समाचारलाई जानकारी दिनुभयो ।

सिंहले सरकारको निर्णय पश्चात आन्दोलनलाई झनै सशक्त बनाउने चेतावनी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*