जीतपुरसिमरा : आगो नियन्त्रणमा, २ बिगाह उखु जलेर नष्ट

ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर ११ स्थित अमाडारमा लागेको आगो नियन्त्रणमा आएको छ । वडा नम्बर ११ का वडा अध्यक्ष बिनोद यादवका अनुसार झन्डै १ घण्टा अघिदेखि लागेको आगो केहिबेर अघि नियन्त्रणमा आएको हो ।
उप–महानगरपालिकाको बारुण यन्त्रको सहयोगमा स्थानीयले आगो नियन्त्रणमा लिएको यादवले जानकारी दिनुभयो । आगालागीका कारण झन्डै २ बिगाह क्षेत्रफलमा लगाईएको उखु जलेर नष्ट भएको छ ।
आगोलागीको कारण र क्षेतीबारे अहिलेसम्म केही खुल्न सकेको छैन् ।